कञ्चनपुर लालझाडी युवकको हत्या आरोपमा प्रहरीसहित दुई जनालाई प्रहरीले पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुर लालझाडी युवकको हत्या आरोपमा प्रहरीसहित दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं: पाँच महिनाअघि लालझाडी गाँउपालिकाका एक युवकको हत्यामा संलग्न आरोपमा प्रहरीसहितका दुईजना पक्राउ परेका छन् । लालझाडी गाउँपालिका– ३ बल्मीका २८ वर्षीय राजकुमार रानाको हत्याको चार महिनापछि उनीहरू पक्राउ परेका हुन् ।

मृतक रानाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ६ का महेश चौधरी र चेतराज भण्डारी रहेका छन् ।

पक्राउ परेका चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या भएको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवैजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन ।

धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आउने गरेका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा शृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दसैँ मनाउन घर फर्किने कुरा थियो ।

तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै