Comments Add Comment

Advertisment

SKIP THIS

लघुवित्त र सहकारी पीडितबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र

१ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

रास्वपा सहभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको प्रतिवेदन बालुवाटारमा पुगेर बुझाएको हो। रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्।

उनले भने, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु ।

यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो। सहकारीको कारणले सर्वसाधारणको करोडौं रकम फसेपछि रास्वपाले समाधानको उपाय पहिल्याउन सरकारलाई दबाब बढाएको हो । यद्यपी, पछिल्लो सयम रास्वपा सभापति लामिछानेमाथि पनि विभिन्न सहकारीको रकम अबचलन गरेको आरोप लागेको छ। तर, उनले आफूले कुनै सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment