Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिने एसपी कुमोध पर्सा जिल्लामा सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले आज निकालेको सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय बिरगंज, पर्सामा एसपी कुमोध ढुंगेललाई पठाईएको छ ।

प्रहरी संगठनमा राम्रो छबि बनाउन सफल एसपी कुमोध ढुंगेलले विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

एसपी ढुंगेल अपराध नियन्त्रण र गुण्डाहरूलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् । ढुंगेललाई प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिन्छन् ।

कमाण्ड कन्ट्रोलमा काबिल मानिएका कुमोध ढुंगेल गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरपछि चर्चामा आएका प्रहरी अधिकारी हुन। नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका ढुंगेल तत्कालिन महानगरीय अपराध महाशाखामा कार्यरत छँदा चरीको इन्काउन्टर भएको थियो।

युवासंघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज पुनलाई इन्काउन्टर गर्ने पनि ढुंगेल नै थिए ।

यो नेक्ससमा जोडिएका र निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतलाई उनै ढुंगेलको टिमले भारतबाट नेपाल ल्याएको थियो। ढुंगेलले धेरै गुण्डा नाइकेहरुलाई पक्राउ समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै