Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिए

काठमाडौं : नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्।

मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए।

‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने।

ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भए पनि घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

‘उनको मानसिक हालत ठीक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, पण्डितले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै