Comments Add Comment

Advertisment

SKIP THIS

दैलेखमा पुगेर प्रहरी श्रीमती संघद्वारा राउटे बस्तीमा खाद्यान्न तथा लत्ताकपडा बितरण

काठमाडौं: नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौको आयोजना र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय तथा सहकार्यमा जिल्ला दैलेख स्थित चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ साङ्गेतडामा बसोबास गर्दै आईरहेका अल्पसंख्यक राउटे समुदायमा “खाद्यान्न तथा लत्ताकपडा बितरण” गरिएको छ ।

सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने र सेवा नै धर्म हो भन्ने हेतुले नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानवीय सेवा प्रदान गर्ने भएकाले मानिसका आधारभूत आवश्‍यकता गाँस, बास, कपास मध्ये राउटे समुदाय खेती पाती नगर्ने, बिभिन्न ठाउँहरुमा सरिरहने, एकै स्थानमा नबस्ने हुँदा खाद्यान्न तथा लत्ताकपडाहरु राउटे समुदायमा नै सोधेर उनीहरुको आवश्यक्ता अनुसार नै खरिद गरी बितरण कार्यक्रम आयोजना गरिएको कुरा श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले बताउनु भएको थियो ।

उक्त कार्यक्रम संघका अध्यक्षज्यूद्वारा गमलामा जल सिंचन गरेर शुभारम्भ गर्नु भएको थियो । सो कार्यक्रममामा राउटेका ४१ घरपरिवारलाई चामल ४२ बोरी, दाल ५७ के.जी., नुन ४२ पोका र खुर्सानी १ बोरी, बिष्कुट २० पोका, चाउचाउ ६ कार्टुन, सावुन १ कार्टुन, स्याम्पो ८० माला लगायत लत्ताकपडामा कम्मल २५ पिस, सेतो पटुका ५२ पिस, चोली ५० पिस वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही, उपाध्यक्ष रुपा थापा, संघका प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, सदस्य प्रेक्ष्यमा गोंगल, एसएसपी बीर बहादुर ओली, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी कार्य समिति सदस्य भुमिका तारमी घर्तीमगर, दैलेखका डिएसपी किशोर लम्साल, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश कार्य समिति सह-सचिव सुस्मा थापा, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं.७ दैलेखका वडा अध्यक्ष ईन्द्र प्रसाद चौलागाई, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं.९ दैलेखका वडा अध्यक्ष प्रेम रावल र राउटे समुदायका मुखियाहरु सुर्य नारायण शाही, दिल बहादुर शाही र विर बहादुर शाही लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै