सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? -
Comments Add Comment

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

७ फागुन , काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी आइतबार तोलाको १४३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment