३० साउन ,काठमाडौ । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर रु ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिदबिक्री भए । साताभर नै जलविद्युत् उपसमूहको शेयरमा लगानीकर्ताको आकर्षण देखियो ।
साताभर पाँच कारोबार दिन नै नेप्सेमा सुधार भई नै रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको थियो । त्यसदिन नेप्से परिसूचक ०।६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुग्यो ।
कूल दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो ।
बैंकिङ ०.०८, विकास बैंक ६६।३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४०.३८, होटेल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ।०४ बिन्दुले घटेको थियो ।
कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही रु ८१ करोड ९२ लाख २४ हजार पाँच सय ६० बराबरको कारोबार भयो ।
साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा उछाल देखियो । यस्तै कारोबार रकम रु १४ अर्बको हाराहारीमा रह्यो ।



