Comments Add Comment

Advertisment

SKIP THIS

समाजसेवी रामकाजी थापाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे

८ फागुन , काठमाडौ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य तथा समाजसेवी रामकाजी थापाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

गत बुधवार थापाले वडा नम्बर ४ मा रहेको विभिन्न विद्यालयका २ सय ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा अर्थात ट्रयाक सुट वितरण गरेका हुन् । सरस्वती आधारभुत विद्यालय, चण्डि माध्यामिक विद्यालय र अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको वडासदस्य खड्काले न्युज२४ ग्यलेक्सीलाई जानकारी दिए ।

थापा लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनलाई उक्त सामाजिक कार्यक्रममा लक्ष्मी फाउन्डेसनले लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । वडा सदस्यमा निर्वाचित भइसकेपछि थापाले वडाभित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्नुको साथै वडामा रहेका असहाय र गरिवहरुको लागि खाद्यान्न सहयोग समेत गरेका थिए ।

यसको साथै उनले समाजको विविध क्षेत्रमा आइपरेका समस्या तर्फ समाधानको बाटो पहिल्याउने तथा समाजका हरेक बर्ग तथा क्षेत्रमा निस्वार्थ भावनाले प्रेरीत भएर बिकासको काममा लागि पर्ने थापाले गत सालको स्थानिय निर्वाचनमा अत्यधिक मतले बिजयी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै