अनुमति नलिइ बिंगो खेलेको आरोपमा बौद्धबाट प्रहरीले १४ जनालाई पक्राउ -
Comments Add Comment

अनुमति नलिइ बिंगो खेलेको आरोपमा बौद्धबाट प्रहरीले १४ जनालाई पक्राउ

काठमाडौँ । अनुमति नलिइ बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १४ जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँ बस्तीस्थित एमजिएम स्नुकरबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

छुल्टिम लामाले संचालन गरेको स्नुकरमा संचालित बिंगोको खालबाट प्रहरीले १ लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । एक पटकमा १ सय र दुई सयको कुपन लिएर बिंगो खेल्ने गरिन्छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै