काठमाडौं: सर्लाहीबाट ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो।

बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कार चेकजाँचका क्रममा त्यसमा १० पोका रिफाइन गाँजा बरामद भएको सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए।

गाँजा बरामद भएपछि कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-११ का ३० वर्षीय सूर्य परियारलाई पक्राउ गरिएको एसपी ज्ञवालीले बताए।

गाँजासहित मानिस पक्राउ परेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले बताएका छन् । बरामद भएको गाँजा अबैध मार्ग हुँदै विदेश पठाउनको लागि तयारी पारिएको हुन सक्ने एसपी ज्ञवालीले बताएका छन् । बरामद भएको गाँजा उच्च गुणस्तरको रहेको अनुमान प्रहरीको छ ।

‘जिल्लामा तस्करीको नयाँ-नयाँ तरिकाबाट अपराधीक गिरोहले लागुऔषध तस्करी गर्दछ भने थियो, सोही आधारमा हामीले निजी कारवाट लागुऔषध तस्करी हुँदैछ भन्ने खवर आयो, हेर्दा १० वटा प्याकेटमा १ सय १६ किलो ग्राम रिफाईन गाँजा फेला पर्यो,’ एसपी दयानिधी ज्ञवालीले भने ।