Comments Add Comment

Advertisment

SKIP THIS

डलर देखाई ठगी गर्ने मनी एक्सचेन्जका सञ्चालक र श्रीमान-श्रीमतीलाई प्रहरीले पक्राउ

काठमाडौं : डलर देखाई ठगी गर्ने मनी एक्सचेन्जका सञ्चालक, श्रीमान र श्रीमती पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी डलर देखाई ठगी गर्ने गिरोह संलग्न फरेन एक्सचेन्ज सेन्टर प्रा.लि.का सञ्चालक शंकर रेग्मीसहित तीनजनालाई पक्राउ गरेको जानकारी दिएको हो।

प्रहरीका अनुसार रौतहट चन्द्रपुर नगरपालिका-७ घर भई हाल काठमाडौं महानगर-२६ गल्कुपाखा बस्ने ३७ वर्षीय रेग्मी, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका- ५ घर भई हाल गोकर्णेश्वर नगरपालिका ४ बस्ने ६० वर्षीय रामबहादुर तामाङ र उनकी ५१ वर्षीया श्रीमती बिबि तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले दम्पत्तीको साथबाट ७१ हजार नेपाली रुपैयाँ र ६०७ अमेरिकी डलर बरामद गरेको छ। त्यसैगरी फरेन मनी एक्सचेन्ज सेन्टरका रेग्मीको साथबाट ३ लाख पैसठ्ठी सय र ५८३ अमेरिकी डलर बरामद गरेको जनाएको छ।

उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौं भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपैयाँ ठगी गर्ने कार्यमा मुख्य योजनाकार तामाङसहित ३ जनालाई शनिबार साँझ पक्राउ गरेको कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

डलर साट्न उनले विभिन्न होटलका सञ्चालकलाई सस्तो दरमा उपलब्ध गराउने भनेर प्रलोभन देखाउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै