
पोखरा- ठगी आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदी पक्राउ परेका छन् ।
ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका ४१ वर्षका सुवेदीलाई पोखरा–६ बैदामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।