Comments Add Comment

Advertisment

SKIP THIS

घरायसी विवाद हुँदा टाउकोमा हानेर श्रीमतीको हत्या गरेर श्रीमान फरार

संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्।

खाँदबारी नगरपालिका– ७ स्थित आर्मी क्याम्प नजिकै घरायसी विवाद हुँदा २६ वर्षीय विना राईको हत्या गरेर श्रीमान २७ वर्षीय मङ्सिरे शेर्पा फरार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिए।

मृतकको शरीरमा नीलडाम, कुटपिट र अचानोले टाउकोमा हानेको चोट देखिएको प्रहरीको भनाइ छ। शेर्पाको घर खाँदबारी नगरपालिका– ११ आङ्ला रहेको र श्रीमतीको माइतीघर सिलिचोङ भई केही समयदेखि भाडामा खाँदबारीमै बस्दै आएका थिए।

शेर्पा गाडी चालक हुन्। हत्यालगत्तै फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्ट मार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै