सशस्त्र डीएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालय परिसर भित्र झुन्डिएको अवस्थामा भेटिए -
Comments Add Comment

सशस्त्र डीएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालय परिसर भित्र झुन्डिएको अवस्थामा भेटिए

मोरङ । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालय परिसरभित्र झुन्डिएको अवस्थामा फेला परेका छन् ।

सोमबार दिउँसो मोरङको धनपालथान ३ मा रहेको बोर्डर आउट पोस्ट (बीओपी) सोराभाग गुल्मका प्रमुख बस्याल आफ्नो कार्यालय परिसरभित्रै झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दिउँसो ३ बजेतिर बस्याल झुन्डिएरको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

बस्यालको निवासनजिक भान्सा कोठाको स्टोर रुमभित्र पंखामा झुन्डिएको अवस्थामा भेटिएको दाहालले जानकारी दिए । ‘स्टोर रुमभित्र पंखामा पासो लागी मृत अवस्थामा डीएसपीलाई देखेपछि त्यहाँका सशस्त्र प्रहरीले खबर गरेका थिए । घटनास्थल प्रहरीले सुरक्षित राखेको छ । घरपरिवारका सदस्य आएपछि मात्रै बन्द रहेको ढोका खोल्ने र बाँकी कानुनी प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।

परिवारका सदस्यसँग समन्वय भइरहेको पनि उनले जनाए । पाल्पा घर भए पनि परिवारका सदस्य पोखरा बस्दै आएका छन् । दाहालले भने, ‘परिवारका सदस्य आएपछि बन्द रहेको ढोका खोल्ने र थप अनुसन्धान अघि बढ्नेछ । घटनाबारे अहिले केही भन्न सक्ने अवस्था छैन । शवको पोस्टमार्टमको रिपोर्ट र अन्य तवरबाट गरिने अनुसन्धानको निष्कर्षबाट घटनाको यथार्थ कुरा बाहिर आउने हुँदा अहिले केही भन्न मिल्दैन ।’

डीएसपी बस्याल सादा पोसाकमा फेला परेका हुन् । बस्याल सोराभाग गुल्ममा ५/६ महिनाअघि सरुवा भएर आएका थिए । घटनाको थप अनुसन्धान अघि बढाएको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै