Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी आईजीपी तस्बिर ह्वाट्सएपमा राखेर १३ लाख ठग्ने तीन जनालाई प्रहरीले पक्राउ

काठमाडौं । ह्वाट्सएपमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् ।

उनीहरुले सप्तरीको राजविराजका एक व्यक्तिलाई ९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ’ भन्दै रकम मागेका थिए ।

रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए ।

यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै