Comments Add Comment

Advertisment

SKIP THIS

जेल सजाय तोकिएपछि लागुऔषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ

कपिलवस्तु : लागूऔषध ओसारपसार र औषधि अनुचित प्रयोग एवं दुरुपयोग सम्बन्धी कसुर मुद्दामा जेल सजाय तोकिएपछि फरार भएका एक जना पक्राउ परे‍का छन्।

कृष्णनगर नगरपालिका-३ झण्डीनगरका २२ वर्षीय मोहित कुमार गुप्तालाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। आफ्नै घरमा रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले गुप्तालाई पक्राउ परेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

पक्राउ परेका गुप्ताको ११ महिना २८ दिन कैद भुक्तान बाँकी रहेको र २० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। गुप्तालाई प्रहरीले अन्य अदालती प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालतमा बुझाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै