महोत्तरी जिल्लामा डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ -
Comments Add Comment

महोत्तरी जिल्लामा डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

महोत्तरी । डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका- २ का कर्मेश्वर पासवान रहेको प्रहरीले जनाएको छ ।

कर्मेश्वरलाई मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

डीएसपी गिरीका अनुसार कर्मेश्वर कार्तिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाडाको डकैती घटना, असार २९ गते महोत्तरी गाउँपालिका ३ र असार २९ गते राति नै महोत्तरीकै सोनमा गाउँपालिका २ तरहारीमा भएको डकैती घटनामा संलग्न छन् । उनी यी घटनाहरू पश्चात् लामोसमयदेखि फरार थिए ।

उनीहरूलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतमा पेस गरिएको हो । उनलाई मंगलबार जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै