बनेपाको एक मोबाइल पसलमा नक्कली नोट छाप्दै गरेको क्रममा प्रहरीले एक जनालाई पक्राउ -
Comments Add Comment

बनेपाको एक मोबाइल पसलमा नक्कली नोट छाप्दै गरेको क्रममा प्रहरीले एक जनालाई पक्राउ

काभ्रे । काभ्रेको बनेपामा नक्कली नोट छाप्दै गरेको क्रममा एक जना पक्राउ परेका छन् । काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नक्कली नोट छाप्दै गरेको क्रममा बेथानचोक गाउँपालिका–३ का सविन हुमागाईँलाई पक्राउ गरेको हो । ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको छ ।

पक्राउ परेका हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५०० रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नोट छाप्ने क्रममा हजारको ६९ थान र १०० को एक थान नोट बरामद भएको हो ।

प्रहरीले हुमागाईंको साथबाट मोबाइल, आइफोन, ल्यापटप र कलर प्रिन्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए । पक्राउ परेका हुमागाईँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै