Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोट छापेर कारोबार गर्ने गिरोहका तीन जनालाई ललितपुर प्रहरीले पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले नक्कली नोट छापेर कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ।

ललितपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोवार गर्ने गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

नक्कली नोटबाट कारोबारको सुचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता दखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

गत बिहीबार गोदावरीमा नक्कली नोटबाट कारोबार गर्न खोजेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त खबरपछि प्रहरी प्रभाग बाडेगाउँ र परिसरबाट संयुक्त टोली खटिएको थियो।

उनीहरूले ठूलो मात्रामा छापेको देखिएको छैन। उनीहरूले सामान्य एफोर साइजको कागजमै उक्त नगदको प्रिन्ट गरेको पाइएको हो। प्रहरीले उक्त पसलबाट ४०० थान कागज पनि बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै