झापाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ -
Comments Add Comment

झापाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ

झापा : झापामा लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्। प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय मोहम्मद हुसेन र २१ वर्षीय मञ्जीर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंगलबार अपराह्न साढे ४ बजे गौरादह नगरपालिका–१ का २८ वर्षीय विशाल सुब्बा, सोही ठाउँका २६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय राजकुमार ताजपुरिया र २८ वर्षीय कुमार तामाङलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरू साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो। ब्राउन सुगरसहित पक्राउ परेका सात जनालाई आवश्यक कारबाहीका लागि अनुसन्धानमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै