बनेपा । काभ्रेको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका ९ ढुङगाखानीस्थित शुसिल रानाभाटले संचालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् डिएसपी राजकुमार श्रेष्ठले बताए ।
उनीहरुको साथबाट २० हजार ६८० रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।



