१६ चैत्र, काठमाडौं । तार्केश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उप प्रमुख सृर्जना बुर्लाकोटीलाई आफ्नै फेसबुक पेजमा हालिएको पोष्ट घाँडो भएको छ ।
कक्षा -१० अथात एसईईकाको परीक्षा तयारी भईरहदा परीक्षा बोर्डलाई नै चेलेन्ज दिएर नगर प्रमुख र उप प्रमुख परीक्षा सेन्टरमा गएको प्रष्ट हामिले देख्न सकिन्छ । यादपी नेपाल सरकारको कानुन मिचेर नै आफ्ना व्यक्तीगत स्वार्थका लागि या केही काम गरिएन भनेर परिक्षा बोर्डमा अनुहार देखाउन गएको हो भन्ने बिषयको चर्चा भईरहेको छ ।
काठमाडौं जिल्ला शिक्षा समन्वय इकाई प्रमुख विचारी प्रसाद अधिकारीकाअनुसार एसईईको सेन्टरको बाहिरबाट अनुगमन गर्न सकिने भएता पनि कक्षा कोठामा गएर अनुगमन गर्ने अधिकार स्थानीय तहका जनप्रतिनिधिलाई नभएको बताएका छन् ।
त्यस्तै परिक्षा नियन्त्रण कार्यालयका का.मु नियन्त्रक नन्दलाल पौडेलले सम्बन्धित तोकिएको आधिकारिक व्यक्ति भन्दा अरु जोसुकै भएपनि परिक्षा केन्द्रमा जान नपाइने बताएका छन् ।
राष्ट्रिय परिक्षा बोर्ड, सानोठिमी भक्तपुर द्वारा माध्यमिक शिक्षा परीक्षा (एसइइ) सम्बन्धमा जारी विज्ञप्तीमा यसो भनिएको छ :-
आज मिति २०८० साल चैत्र १५ गते बिहीबार देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) लाई सहज र व्यवस्थित बनाउन सहयोग पुऱ्याउनुहुने सम्बन्धित सबै सरोकारवालाहरूलाई राष्ट्रिय परीक्षा बोर्ड हार्दिक धन्यबाद ज्ञापन गर्दछ।
आज सम्पन्न भएको अङ्ग्रेजी विषयको परीक्षामा अनुगमनको नाममा आधिकारिक व्यक्तिहरू बाहेका धेरै व्यक्तिहरू परीक्षाकेन्द्रहरूमा गइ परीक्षार्थीहरूको लेखन कार्यमा असुबिधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासाहरू प्राप्त भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगतरूपमा र धेरै सँख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्न र परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउने व्यवस्थामा सहयोग पुऱ्याउनुहुन सम्बन्धित सबैसँग हार्दिक अनुरोध गरिएको छ ।
साथै सम्पूर्ण परीक्षार्थीहरुलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण बनाइदिनुहुनका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिहरूबाट सबै केन्द्रहरूमा आवश्यक समन्वय हुन समेत हार्दिक अनुरोध छ।