मकवानपुरको थाहानगरमा आमाको हत्या आरोपमा प्रहरीले छोरा मिलनलाई पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरको थाहानगरमा आमाको हत्या आरोपमा प्रहरीले छोरा मिलनलाई पक्राउ

हेटौंडा: मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । थाहा नगरपालिका– १० तल्लो बिसिङखेल बस्ने २६ वर्षका मिलन गमाललाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार उनलाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या छोरा मिलनले नै गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ३० फागुनमा ज्ञानीमाया आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको थियो। पक्राउ परेका मिलनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3