२० चैत , काठमाडौ । काठमाडौ एक बर्ष अगाडि आदरणीय गुरुको सम्मानमा घोषणा भएको बिश्वभरको कान्छो बहर/घनु बहरको बार्षिककोत्सोव भब्य रूपमा मनाइएको समाचारहरू प्राप्त भैरहेका छन् ।

news24galaxy.com ले घनु बहरको सामचार प्रसारण गरे लगत्तै धेरै गजलकारहरूले चासो दिएर दिपावली यस कार्यलयमा पनि मनाउने हो कि भन्दै जानकारी माग्नु भएको थियो । जानकारी लिनको लागि हामीले धरहरा अभियन्ता अर्थात बहर / सुत्र घोषणा कर्ता ध्रुबप्रसाद गजुरेललाई सम्पर्क गर्न अनुरोध गरेका थियौ ।
नेपालमा गजलमा पहिलो विद्यावारिधी गर्नु हुने डा. घनश्याम न्यौपाने परिश्रमीलाई गुरु दक्षियाको रूपमा धरहराका अभियन्ता श्री ध्रुबप्रसाद गजुरेलले समर्पण गर्नु भएको यो बहर घोषणा लगत्तै निकै चर्चामा आयो । यसको पक्ष र बिपक्षमा ठुलै बहस चल्यो । अन्त्यमा यसलाई सबैले मानेर गजल लेख्न थाल्नु भयो ।
आज नेपाल, भारत, पाकिस्तान, पोर्चुगल, अमेरिका लगायतका देशमा यस बहरको गजल लेखिन थालेको छ । गजल अप्रत्याशित रूपमा चर्चामा आएकोले धेरै ठाउँमा बहर घोषणा भएको दिन भन्दै चैत्र १८ गते साँझमा दिपावली समेत मनाएको खबरहरू हामीलाई प्राप्त भएका छन् ।
स्रष्टा साँझ अमेरिकाले ब्यानर सहित पहिलो बार्षिक उत्सोव पनि मनायो । जुम बाट बेलुका ७ बजे सुरू भएको उक्त कार्यक्रम झण्डै ४ घन्टा सम्म संचालन हुन पुगेको थियो । उक्त कार्यक्रम संचालन नेपाल च्याप्टरका संयोजक पवन बुढाथोकी र ब्यबस्थापन अनुराग अरूणले गर्नु भएको थियो कार्यक्रमका प्रमुख अतिथि डा. घनश्याम परिश्रमी, विशेष अतिथि डा. देबी पन्थी र अतिथका रूपमा धरहरा अभियन्ता अर्थात बहरको सुत्राधार ध्रुबप्रसाद गजुरेल नै रहनु भएको हुनाले कार्यक्रम भब्य र विशेष बन्न पुगेको थियो ।
उक्त कार्यक्रममा आदरणीय गुरूलाई शुभकामना र ध्रुब गजुरेललाई धन्यबाद दिदै डा.देबी पन्थी, स्वर्ण शिखा, बिमुन्स पौडल, यज्ञलाल सुवेदी, उत्तम विचार, जानुका गुरागाईँ, रमा खतिवडा , धनसिंह गिरी,सत्यराज जोशी, शर्मिला तिमिल्सिना, कुमार थापा, प्रभा पोखरेल, मिलन कुमार ढुङ्गाना,चद्रावती अधिकारी लगायतले नयाँ घनु बहरमा गजल वाचन गरेर कार्यक्रमलाई भब्य बनाउनु भएको थियो ।

घनु बहरका सुत्राधार धरहरा अभियन्ता गजुरेलले आफुले आदरणीय गुरुलाई नसोधी यो बहर बनाएर गजल लेखेर नेपालको राष्ट्रिय दैनिक गोरखापत्रमा पठाएपछि गोरखापत्रका सम्पादकले समेत फोन गरेर यो बहरको बारेमा जानकारी लिनु भएको थियो २०७९ चैत्र १८ गते गोरखापत्रमा प्रकाशन भएपछि पनि निकै बहस चल्न गएर यो गजल चर्चामा आएर हाल स्थापित हुन पुगेको छ भन्दै आफुले नयाँ कुरा बाहिर ल्याउदा कमीकमजोरी अबस्य भए होलान् त्यसलाई सुधार गर्दै लानेछु भन्दै २०७९ चैत्र १८ गते गोरखापत्रमा प्रकाशन भएको घनु बहरको पहिलो गजल वाचन गर्नु भएको थियो ।
उहाँले आदरणीय गुरुलाई शुभकामना दिंदै अब यो बहर उज्यालो पाठशाला, परिश्रमी पाठशाला, नेपाली साहित्यकार बिश्व संजालका सबै चेलाहरूको तर्फबाट आदरणीय गुरूप्रतिको साझा सम्मान हुन पुगेको छ भन्दै अब यसको जस पनि सबको बराबर हुनेछ भन्नुभयो ।
प्रमुख अतिथि डा. घनश्याम परिश्रमीले बहर घोषणा गर्दा ध्रुबजी ले मलाई कुनै जानकारी नदिएको तर एउटा उपहार दिंदैछु गरुलाई भन्दा आफुले केही चाहिंदैन भनेको कुरा स्मरण गराउनु भयो ।

प्रकाशन भएको गजलको फोटो फेसबुकमा प्रकाशन गर्दै मलाई पठाएर यो नै हो मेरो गुरु दक्षिया/ उपहार हो भन्दै मलाई अचम्ममा पार्नु भएको थियो ।यो बहरको गजल गोरखापत्रमा प्रकाशन भए लगत्तै चर्चित गजलकारहरुले ध्रुबको फोटो र नाम झिकेर मलाई यो गजल पठाउदै सामाजीक संजालमा समेत उहाँको नाम र फोटो झिकेर पोष्ट गर्दै बहस चलाउनु भयो आखिर सहि कुरा थियो उहाँहरूले पनि बिरोधलाई छोडेर फर्कनु भयो अहिले यहि बहरमा गजल लेख्दै हुनुहुन्छ म उहाँहरूलाई पनि धन्यवाद दिन्छु भन्नू हुँदै घनु बहरको गजल वाचन तर्ने तरिका समेत सिकाउदै कार्यक्रम निहाल्ने सबैलाई एक लाईक,एक सेयर, एक कमेन्ट गरेर बिश्वभर पुराउन अनुरोध पनि गर्नु भएको थियो ।






