Comments Add Comment

Advertisment

SKIP THIS

Cedarbrook University US ले गर्यौ धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेललाई विद्यावारिधि उपाधि सहित सम्मान

१९ फाल्गुन , काठमाडौ । Cedarbrook University US ले नेपालका चर्चित साहित्यकार एबं गजलकार धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेललाई भारतको नयाँ दिल्लीमा भएको एउटा भब्य कार्यक्रममा मानार्थ विद्यावारिधि उपाधि सहित सम्मान प्रदान गरिएको छ ।

धरहरा सम्बत् का प्रवर्तक, सन्देश बिधाका प्रवर्तक, घनु बहरका प्रवर्तक तथा विभिन्न अक्षयकोषहरू स्थापनाका सफल अभियानकर्ता समेत रहनुभएका श्री ध्रुबप्रसाद गजुरेललाई उहाँले गरेका कामहरूको मुल्यांकन गर्दै सफल सामाजिक अभियन्ताको रूपमा GOLD MEDAL सहित DOCTOR OF PHILOSHOPHY (PHD) को उपाधी प्रदान गरिएको हो ।

नेपालको ऐतिहासिक धरोहर धरहरासंग जोडिएर सामाजिक अभियन्ताको हिसाबले यो उपाधी पाउने उहाँ पहिलो ब्यक्ति समेत हुनु भएको छ । यो हामी नेपालीहरूको लागि गौरबको बिषय बन्न पुगेको छ ।

उहाँले गरेका कामहरू मध्ये विशेष गरि धरहरा अभियान र धरहरा सम्बत् का बारेमा धेरै सहभागिहरूले चासो ब्यक्त गर्नु भएको कुरा उक्त कार्यक्रम स्थलबाट हामीलाई जानकारी प्राप्त भएको छ ।

भारतका बिभिन्न चर्चित लेखकहरू, कलाकारहरू, संघ सस्थाहरू समेत प्रभाबित हुनु भएको थियो उहाँको अभियान र जोश जागर देखेर उहाँको बारेमा भारतकै विभिन्न अनलाइनहरू र प्रमुख पत्रिकाहरूले समेत यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन ।

यो हामी सबै नेपालीहरूको लागि खुसी र गौरवको कुरा हो समस्त तारकेश्वर नगरपालिकाका जनताहरूको तर्फबाट भरखर GOLD MEDAL सहित DOCTOR OF PHILOSHOPHY (PHD) को उपाधी प्राप्त गर्नु भएका ध्रुबप्रसाद गजुरेललाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै