Comments Add Comment

Advertisment

SKIP THIS

खोटाङका धनजितलाई छुरा हानी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

काठमाडौं । छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई छन् ।

उनीहरुमाथि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोप छ ।

गएको शनिबार राति आपसी वादविवादका क्रममा धनजितलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरेर भागेका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० मा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै