Comments Add Comment

Advertisment

SKIP THIS

समुद्री आँधीले निम्त्याएको भीषण वर्षाले दुबई जलमग्न, युएईमा ७५ वर्षयताकै ठूलो आँधी हो

समुद्री आँधीले निम्त्याएको भीषण वर्षाले संयुक्त अरब एमिरेट्स (युएई)को वित्तीय सहर दुबई जलमग्न भएको छ । वर्षाले राजमार्गमा भल बग्दा आवागमन अवरुद्ध भएको थियो । त्यस्तै वर्षापछि दुबईस्थित विमानस्थल पनि पानीमा डुबेको देखिएको थियो ।

यात्रुलाई बुधबार अत्यावश्यक काम नभएसम्म विमानस्थल नआउन आग्रह गरिएको थियो । युएईमा २४ घन्टामै दुई सय ५४ मिलिमिटर वर्षा भएको थियो । यही मुसलधारे पानीका कारण त्यहाँका ६ लेन एक्सप्रेस–वे जलमग्न थिए । सडकमा पानीमा डुबेका वाहनको लामो लाइन बनेको थियो ।

प्रहरीका अनुसार युएईका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीले एक कार बगाउँदा त्यसमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । समुद्री आँधी ओमानमा वितण्डा मच्चाएर सोमबारदेखि युएई र बहराइन प्रवेश गरेको थियो । आँधीका कारण ओमानमा बालबालिकासहित १८ जनाको ज्यान गएको थियो ।

चरम मौसमी घटनामा जलवायु परिवर्तनको भूमिकाको आकलन गर्ने मौसमविद् फ्रेडरिक ओट्टोले विश्वव्यापी तापक्रम वृद्धिले आँधीलाई थप खराब बनाएको बताए । युएईको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार मंगलबारको वर्षा ७५ वर्षयताकै ठूलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै