कैलालीको अत्तरियाबाट एक लाख ५५ हजार नगद सहित प्रहरीले ५ जना जुवाडे पक्राउ -
Comments Add Comment

कैलालीको अत्तरियाबाट एक लाख ५५ हजार नगद सहित प्रहरीले ५ जना जुवाडे पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट एक लाख ५५ हजार २ सय नगद सहित ५ जुवाडे पक्राउ परेका छन ।

शनीबार अत्तरियास्थीत रेडसन प्लाजाको दोस्रो तलाको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा एक लाख ५५ हजार २ सय नगद, ५ प्याकेट (गड्डी) तास,एनएमबी बैंकको तीन थान खाली चेक सहित जुवाको खालबाट ५ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाको कमाण्डमा आज बेलुकी खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

झण्डै एक महिना अघि मात्रै मालाखेतीमा हाँजिर भएका डिएसपी थापाले अत्तरियाका विभिन्न ठाँउमा जुवातास खेल्ने,खेलाउने कार्य भईरहेको सूचना आफुकहाँ पुगीसकेकोले कडा निगरानी गर्ने सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै