बाँके प्रहरीद्वारा अनलाइन सट्टेबाजीमा संलग्न १५ जना पक्राउ गर्न सफल -
Comments Add Comment

बाँके प्रहरीद्वारा अनलाइन सट्टेबाजीमा संलग्न १५ जना पक्राउ गर्न सफल

बाँके । नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाइन माध्यमको प्रयोग गरि सट्टेबाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेबपोर्टलमार्फत आइपिएल लगायत खेलहरूमा अनलाइन सट्टेबाजी गराएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै