पर्सा प्रहरीले मध्यरातमा गोली चलाएर खुँखार अपराधी बब्लुलाई नियन्त्रणमा लियो -
Comments Add Comment

पर्सा प्रहरीले मध्यरातमा गोली चलाएर खुँखार अपराधी बब्लुलाई नियन्त्रणमा लियो

काठमाडौं: काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न आरोपी भारतीय नागरिक बब्लु पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको एसपी कुमोध ढुंगेलले बताए ।

पर्सा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि पासवानलाई प्रहरीले गोली हानेको हो । प्रहरीले हानेको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाटमोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै