२६ वैशाख , काठमाडौ । सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरु प्रायःसमयमै रङ्ग राेगन नहुदा नयाँ संरचना भएपनि तिनको आकृति पुराना तथा कुरुप जस्तै देखिन्छ ।

अझ भन्नुपर्दा नेपाल प्रहरीका युनिटहरु तथा संरचनाहरु आवश्यक बजेटको अभावमा खिया लाग्दै, पानी चुहिदै, जिर्ण अवस्थामा पुगेका देखिन्छ । नागरिकको शान्ति सुरक्षाको लागि ओहरात्र खटिने सुरक्षाकर्मीहरु आफै असुरक्षित भएको खबरहरु यत्रतत्र सुनिन्छन ।

राजधानीका धेरै ठाउँका प्रहरी चाैकि,ट्राफिक युनिटहरु पनि समयमै रङ्ग राेगन नहुदा पुराना, स्याली लागेका, फाेहर देखिन्छन् ।

यस्तै मध्येको एक थियोे ट्राफिक प्रहरी प्रभाग कोटेश्वर कार्यालयको भवन । नेपाली समाजमा वर्षमा एकपटक मात्रै घरलाई रङ लगाएर चिटिक्क पार्ने चलन छ ।

एक पटक घरलाई टल्काउने समय भनेको विषेश गरि दशैकाे समयमा मात्रै हाे । कहिलेकाही बजेट भए सरकारी कार्यालयहरु पनि टल्काइन्छ हाेला ।

यतिबेला ट्राफिक प्रहरी प्रभाग कोटेश्वर कार्यालयकाे रुप दशै आए जस्तै भएको छ । फेरिएको उसको रुप पहिले कस्तो थियो, अहिले कस्ताे छ अनुमान लगाउन गाह्राे छ ।

आज भन्दा २० वर्ष अगाडि स्थापना भएको उक्त कार्यालय भवन अहिले चिटिक्क टल्किएकाे छ । तत्कालीन राजा ज्ञानेन्द्र वीर विक्रम शाहको ५८ ओै जन्म दिनको अवसरमा २०६१ साल असार २२ गते उद्घाटन गरिएकाे उक्त कार्यालय भवनको त्यसयता सायद राम्रोसँग रङ्ग राेगन भएको थिइन् ।

अहिले साेहि कार्यालयका प्रमुख समेत रहेका ट्राफिक इन्स्पेक्टर अचुत गिरिको पहलमा कार्यालय टल्काइएकाे छ । आन्तरिक बजेट अभाव भएपछि गिरीको ब्यक्तिगत पहलमा हालै कार्यालय भवनको आकर्षण रङ लगाएर निकै राम्रो बनाइएको छ ।