
१६ जेठ , काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध सडक विभागले ‘एक्सन’ लिएको छ । बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ ।
यसअघि मेयर शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकेका थिए । त्यसपछि सडक विभागले जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको प्रतिक्रिया दिएको थियो ।