तारा बरालविरुद्ध चरित्रहत्या गरेको कसुरमा अनुसन्धान -
Comments Add Comment

Advertisment

SKIP THIS

तारा बरालविरुद्ध चरित्रहत्या गरेको कसुरमा अनुसन्धान

२१ जेठ , काठमाडौ । चरित्रहत्या गरेको आरोपमा तारा बराललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बबरमहलबाट उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको साइबर ब्यूरोका सूचना अधिकारी (एसपी) दीपक राज अवस्थीले रातोपाटीलाई बताए ।

भरतपुर घर भएर गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी रणबहादुर चन्दबिच विवाद छ । उनीहरू बिचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल छ ।

बरालले अरूको अडियो बनाएर बदनाम गरेको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment