Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमान्–श्रीमती आफ्नै घरभित्र मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

९ साउन , काठमाडौ । मकवानपुरको हेटौँडामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुधवार साँझ ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहार गरिएकोजस्तो देखिएको छ । यस्तै श्रीमान् केशवको शव चाहिँ झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान गर्न मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment