Comments Add Comment

Advertisment

SKIP THIS

सुन प्रकरणः राजस्वले सुम्पियो सीआईबीलाई अनुसन्धान फाइल

२२ साउन ,काठमाडौ । एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले यही ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्वीन्टल सुन बरामद गरेको थियो ।

सुरुमा यो प्रकरणको आफैँले अनुसन्धान गरिरहेको राजस्वले अब थप अनुसन्धानका लागि सीआईबीलाई फाइल बुझाएको हो । सुन तस्करी प्रकरण अन्तरदेशीय संगठित अपराध देखिएकाले अनुसन्धान लागि फाइल प्रहरीलाई बुझाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो । यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक, नेपाली र भारतीय नागरिक छन् । तस्करहरूले त्यसअघि पनि ठूलो परिमाणमा सुन भित्र्याएको विभागले गरेको पछिल्लो अनुसन्धानले स्पष्ट पारेको छ ।

विभागले टोखामा सुन गाल्ने कारखाना फेला पारेको थियो भने त्यहाँ खोक्रा ब्रेकसुसमेत भेटेको थियो । यो अनुसन्धान अब सीआईबीले गर्ने भएपछि संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । यही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment