Comments Add Comment

Advertisment

SKIP THIS

सुन प्रकरण : तस्करीको सुन बरामद प्रकरणका प्रमुख अनुसन्धान अधिकृत एसपी थापाको सरुवा

७ असोज , काठमाडौ । तस्करीको ६० किलो सुन बरामद प्रकरणमा अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाको नुवाकोट सरुवा भएको छ ।

अनुसन्धान सुरु गर्नुपूर्व नै एसपी थापालाई नुवाकोट पठाइएको हो । थापाको सुन प्रकरणको अनुसन्धान भइरहेकै समयमा गत भदौ १५ गते सरुवा भएको हो । नुवाकाटोका एसपी रविन्द्र पण्डितलाई प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रुपन्देहीमा सरुवा गरेर एसपी थापालाई नुवाकोट पठाइएको हो ।

हङकङबाट ‘ब्रेक सु’ मा ल्याइएको ६० किलो ७६१ ग्राम सुन सम्बन्धी फाइल राजश्व अनुसन्धान विभागबाट सीआईबीमा पुगेपछि एसपी थापालाई प्रमुख अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्न निर्देशन दिइएको थियो ।

तर सुन प्रकरणको अनुसन्धानकै बिचमा थापाको नुवाकोट सरुवा गरिएको हो । थापाले एक साता अघिनै नुवकोट पुगेर जिम्मेवारी सम्हालिसकेका छन् ।

सिआईबीमा एसपी थापाको स्थानमा भने एसपी होविन्द्र बोगटीलाई ल्याइएको छ । एसपी बोगटीले पुरक अनुसन्धान अघि बढाउने सीआईबी स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment