Comments Add Comment

Advertisment

SKIP THIS

मित्र मिलन सहकारी ठगीमा संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ

२६ जेठ , काठमाडौ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौड कास्कीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन् ।

भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुबै जनालाई आइतबार अदालत पेश गरिएको छ ।

कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो।

प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment