२० पटकसम्म मुद्दा चलेका चोरसहितको गिरोह प्रहरी कस्टडीमा, श्रेष्ठ कारागारमा भेटिए ! -
Comments Add Comment

Advertisment

SKIP THIS

२० पटकसम्म मुद्दा चलेका चोरसहितको गिरोह प्रहरी कस्टडीमा, श्रेष्ठ कारागारमा भेटिए !

३१ जेठ , काठमाडौ । ललितपुरमा एक सहसचिवको घरबाट सुन, चाँदीका गरगहना तथा नगदसहित धनमालहरु चोरी गरी गिरोहमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

ती सहसचिवले नगद तथा गरगहना गरेर २८ लाख रुपैयाँ चोरी भएको दाबी गर्दै जाहेरी दिएपछि प्रहरीले ललितपुरबाट चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । चोरीमा संलग्न आरोप लागेका एकजना चाहिँ कारागारमा भेटिएका छन् ।

पक्राउ पर्नेमा भोजपुर घर भएका सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड घर भएका ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोट घर भएका कुमार राना मगर र दोलखा घर भएका वीर बहादुर श्रेष्ठ छन् । उनीहरूले ललितपुर महानगरपालिका वडा नम्बर–१८ स्थित सिर्जना वैद्यको घरमा चोरी गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जेठ २ मा भएको सो चोरीमा संलग्न आरोपी दोलखा घर भएका सुनिल श्रेष्ठ कारागारमा भेटिएका छन् । पक्राउ परेका सिताराम लकान्द्रले चोरेको सुनका गहना किनेका हुन् । उनिहरुको साथबाट प्रहरीले ६ तोला भन्दा बढी सुन बरामद गरेको छ ।

आरोपीमध्येका वीर बहादुर श्रेष्ठ ‘कुमार’ यसअघि चोरी मुद्दामा १५ पटक, अभद्र व्यवहारमा ४ पटक र लागु औषध मुद्दामा १ पटक थुनामा परेको अपराध रेकर्ड भेटिएको छ । कुमार राना मगर विरुद्ध प्रहरीले यसअघि ६ पटक चोरी मुद्दामा अनुसन्धान गरेको थियो । सुजन कुमार सुनुवार यसअघि ७ पटक चोरी र एकपटक लागु औषध मुद्दामा पक्राउ परेका थिए ।

कारागारमा भेटिएका सुलिन कुमार श्रेष्ठले यसअघि ८ वटा चोरी, दुईवटा डाँकाचोरी, एक पटक लागु औषध र ३ पटक अभद्र व्यवहारको मुद्दा खेपिसकेका छन् ।

यस्तै प्रहरीका अनुसार सहसचिवको घरमा चोरी गर्न जाँदा उनीहरु पैदल गएका थिए । चोरी गरिसकेपछि झोलामा सुनका गरगहना हालेर उनीहरु घरबाट बाहिरिएका थिए । त्यसपछि ट्याक्सी चढेर फर्केको सीसीटीभी फुटेजमा देखिएको छ ।उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment