१ असार , काठमाडौ । ईशान बाल तथा महिला अस्पतालले जटिल र दूलर्भ ४ किसिमका शल्यक्रिया सफलता पूर्वक उपचार गर्न सफल भएको छ । नेपालमा पनि यस्ता बिरामीको उपचार गर्न सकिन्छ भन्ने यस अस्पतालले गरेको छ । आखिर के हो त्यो रोग ? कसरी गरियो शल्यक्रिया ?
बिज्ञप्ती पढ्होस् :-
सुश्री तृसना थापा, उमेर ११ बर्ष घर लिखु तामामकोसी ६, खिम्ती हुने नानीको मिति २०८१/०१/१० गते ईशान बाल तथा महिला अस्पताल, टोखा ५ पेडियाट्रिक युरोलोजी (Pediatric Urology) विषयको जटिल र दूलर्भ शल्यकिया एकै पटक ४ किसिमका शल्यक्रियाहरु “सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाएको र दुईटै मृगौलाका नलीहरुमा पिसाब नफर्कने शल्यकिया, पिसाब थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृत्रिम नली बनाउने शल्यक्रिया” “Augmentation ileocystoplosty with B/L ureteral implantation with Bladder neck closure with Mitrofanoff procedure”) सम्भवत: बच्चाको यस्तो शल्यक्रिया नेपालमै पहिलो पटक गरी पूर्ण सफलता पूर्वक उपचार गर्न सफल भएको छ। तसर्थ नानी तृसनालाई शुभकामना, बधाई र आगामी दिनहरुका लागी उनको स्वस्थ जीवन पाउने आशा पनि व्यक्त गर्न चाहन्छौं ।

२०८१/०१/१०मा यस ईशान बाल तथा महिला अस्पतालमा प्रा.डा. रामनन्दन प्रसाद चौधरी तथा वहाँको टिम (Prof. Dr. R.P Chaudhary & Team) द्वारा सम्पन्न उक्त शल्यक्रिया अति जोखिम युक्त थियो ।
हामीले शल्यक्रिया अगाडि नै उच्च जोखिमको अपरेशनको बारेमा पूर्ण जानकारी लिखित जानकारी (Informed Written Consent Form) मा ज्यानै समेत जान सक्ने सम्भावनाको बारेमा तथा शल्यक्रिया पश्चात विभिन्न समस्याहरु हुन सक्ने सम्भावनाको बारेमा पनि अबिभावकद्धयलाई व्याख्या गरेका थियौं ।
पुरै १० घण्टा लागेको उक्त जटिल र अनौठो शल्यक्रिया सफलपछिको सघन उपचार कक्ष तथा Post-Operative Ward का अबधिहरुमा सोचे जस्तै क्रमश सुधार हुँदै राम्रो गति लिई बिरामीको जीवन आजको दिन सम्म आई पुग्दा करिब सामान्य बनेको छ । उक्त शल्यक्रिया गर्दा आवद्ध बेहोश गर्ने Team को नेतृत्व प्रा.डा. श्याम कृष्ण महर्जनज्यूले गर्नुभएको थियो । नानी ११ बर्ष अगाडि नै प्रसुति गृह थापाथलीमा जन्म भएको थियो ।

जन्मदा नानीको नाइटो भन्दा तल्लो भागमा पेटको भित्ता नभएको र पिसाबको थैली खुल्ला र पिसाब नली समेत पनि नभई त्यहीबाट लगातार बाहिर पिसाब चुहिने अबस्था (Extrophy Epispadias Complex) थियो । त्यसपछि नानीलाई ९ दिनको उमेरमा Prof Dr R.P Chaudhary कै नेतृत्वमा कान्ति बाल अस्पतालमा खुल्ला पिसाब थैली बन्द गर्ने ( Bladder & Bladder Neck Repair) शल्यक्रिया भएको थियो । पछि ४ बर्षको उमेरमा पिसाब नलि बनाउने शल्यक्रिया (Urethroplasty) पनि भयो । त्यस पश्चात पनि बिरामी प्रा.डा. चौधरीको Regular Follow up हुनुहुन्थ्यो ।
करिब पाँच बर्षको उमेरमा पिसाब थाम्ने क्षमता बिकास हुने आसमा observation मा रह्यो। तर पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहि रहने र पिसाब थैलोबाट पिसाब मृगौलाबाट आउने दुइटै नलीहरुबाट उल्टै फर्केर मृगौलामा गईरहेको अबस्था रहेको कारण हुँदा अवस्थामा लगातार पिसाब चुहिने कारणले Diaper लगाई पठन पाठन र दैनिक जीवनमा निकै नै कठिनाई भएको जानकारी पनि गराउन चाहन्छु ।
यस्तो जटिल र अनौठो शल्यक्रिया नगरेको भए नानीको दुईटै मृगौलाहरु बिग्रिने सम्भावना पनि थियो । त्यसैले उक्त जटिल शल्यक्रिया गर्न र गराउन सल्लाह गरियो । Prof. Dr. R.P Chaudhary कान्ति बाल अस्पतालमा २३ वर्षसम्म कार्यरत हुँदा यस्तो अनौठो पिसाब थैली, मुत्रनली तथा मृगौला सम्बन्धी जटिल समस्याको एकै पटक गरिने शल्यक्रिया अन्य बाल शल्य चिकित्सकले पनि गरेको थिएन । हाल नानी पूर्ण स्वस्थ्य हुनुहुन्छ ।
आफैले Pipe राखेर पिसाब निकाल्ने तरीका पनि सिकी सकेकी छिन् । यस्तो जटिल र अनौठो शल्यक्रिया पश्चात लामो समयसम्म अनिवार्य follow up बारेमा पनि बिरामी र अभिभावकलाई समेत जानकारी गरिएको छ ।
सुक्ष्म योजनाका साथै जुझारु team को हौसला र अबिभाबकहरुको सहकार्यबाट यस जटिल र अनौठो शल्यकिया सम्भवत : बच्चामा नेपालमै पहिलो शल्यक्रिया गरी सफल भएको छ । सम्पूर्ण शल्यक्रियाको टिम, बेहोस गर्ने टिम र बाल नर्सिङ्ग टिम तथा ईशान बाल तथा महिला अस्पताललाई पनि बधाई दिन चाहन्छौं ।

सम्पूर्ण संचारकर्मीहरुलाई यस प्रेसmeeting बाट हामी घोषणा गर्न चाहन्छौँ कि यस्तो Pediatric Urology विषयको दूलर्भ जन्मजात मूत्र थैली नबनेको रोग (Extroptry Epispadias Complex) समस्याको जटिल तथा दूर्लभ शल्यक्रियाको बारेमा सुखद समाचार जनमानसमा जानकारी गराईदिनको लागि हार्दिक अनुरोध गर्नुको साथै यस कार्यक्रममा सहभागी भई सफल बनाईदिनुभएकोमा धन्यवाद पनि दिन चाहन्छौं ।
अस्पताल प्रशासन ईशान बाल तथा महिला अस्पताल
फोन न : ९७४९३२०२९५






