
६ असार , काठमाडौ । टोखा नगरपालिकाले वडा नं. ८ मा पर्ने मिलन टोलको किट कलेजको कम्पाउण्ड लगायत विष्णुमती करिडोर मापदण्डमा परेका घरहरुमा डोजर चलाई भत्काएको छ ।
आज बिहान १०ः३० बजेको समयमा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरिको टोली गई करिडोर क्षेत्रमा परेका घररटहरामा डोजर लगाएको छ ।
नगरपालिकाले पछिल्लो समय आपसी समझदारीमा घर÷टहरा भत्काईरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् । अधिकारीकाअनुसार भत्काउने काम मात्र नभएर नगरकै मेरुदण्ड विष्णुमती करिडोर सडक निर्माणको लागि खोलामा पर्खाल लगाउने र बाटो बनाउने कार्य सँगसँगै भइरहेको छ ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीकाअनुसार धेरै वडाहरुमा सार्वजनिक जग्गामा बनेका घर-टहरा हटाउने कार्य नगरपालिकाले गरेको छ ।