Comments Add Comment

Advertisment

SKIP THIS

झोरको झरनामा निथ्रुक्क (तस्वीरहरु)

६ साउन , काठमाडौ ।  काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-१ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिहरुको घुइँचो थियो ।

शनिबार छुट्टीको दिन शहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।

अरु दिन पनि यहाँ घुम्न आउने र नुहाउनेहरु हुन्छन् । तर शनिबार बिदा भएकाले बढ्ता भिडभाड र कोलाहल हुन्छ । आज पनि युवायुवती, बालबालिका र वयस्कहरु झरनामा मज्जाले नुहाए ।

उपत्यकामा मानव बस्ती सकिएर शिवपुरी राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा प्रवेश गर्नेवित्तिकै बरुणेश्वर (बौडेश्वर) महादेवको मन्दिर आउँछ र त्यहीँ नजिकै दुईवटा झरना छन् । एउटा झरनाको उचाइ करिब १२० मिटर अग्लो छ भने त्यो भन्दा माथि अर्को ८० मिटर अग्लो झरना छ ।

वर्षायाममा निरन्तर पानी परिरहेकव हुनाले यी झरनाहरु पनि ठूलो छ । यो झरनामा जान काठमाडौंको सामाखुशी चोकबाट करिब ९ किलोमिटर पर्छ भने माछापोखरीबाट मनमैजु हुँदै ८ किलोमिटर पर्छ ।

यी झरनामा नुहाएर नजिकैको वरुणेश्वर महादेवको पूजा गरेमा मनले चिताएको पूरा हुन्छ भन्ने हिन्दू धर्मावलम्बीहरुमा विश्वास रहेको छ । स्रोत : अनलाईन 

हेर्नुहोस् तस्वीरहरु 

        

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment