नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा प्रहरी वृत्त चाँपागाँउ ललितपुरको सहकार्यमा जिल्ला ललितपुर गोदावारी नगरपालिका वडा नं. १२ को स्थित वडा कार्यालयको भवन चाँपागाँउ ललितपुरमा घरेलु हिंसा तथा Cyber Crime न्यूनिकरण सम्बन्धी “समान युग र मोबाईल क्राइम नामक” नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै संघकी अध्यक्ष लक्ष्मी कुँवरले आफ्नो सेवा प्रवाहको क्षेत्रलाई विस्तार गर्दै “शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार” भन्ने भनाईलाई हृदयगमन गरि आफ्नो टोल छिमेकमा भईरहेका लैंगिक तथा घरेलु हिंसा र विद्युतिय अपराध न्युनिकरणको लागि आफु पनि जागौ र अरूलाई पनि जगाऔ र यस्ता किसिमका हिंसा तथा अपराधलाई समाजमा जरैदेखि निर्मुल पारौ भन्ने उदेश्यले काठमाडौं उपत्यकाको विभिन्न स्थान तथा अन्य प्रदेश तथा जिल्लाहरुमा समेत घरेलु हिंसा, तथा विद्युतिय अपराध न्यूनिरकरण सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताउनु भयो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता, नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्ष तथा सल्लाकारहरू अन्य कार्यसमितिका पदाधिकारीहरू, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, गोदावारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरका प्रमुख सह-अनुसन्धान निर्देशक भुमी पाठक, प्रहरी वृत्त चाँपागाँउ ललितपुरका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्ल र अन्य सिनियर प्रहरी अधिकृतहरु, वडा अध्यक्षज्यूहरु तथा जनप्रतिनिधिज्युहरु विभिन्न सामाजिक संघ संस्थका प्रमुख तथा प्रिनिधिहरु प्रहरी कर्मचारीहरू, शिक्षक शिक्षिकाहरु, विद्यार्थीभाइबहिनीहरु तथा सर्वसाधरण महानुभावहरु समेतको सहभागिता रहेको थियो ।