Comments Add Comment

Advertisment

SKIP THIS

दुई शव गैँडाकोटस्थित नारायणी किनारमा भेटियो

२९ असार ,काठमाडौ । गैंडाकोट नगरपालिका ७ गैरीको थुम्सी नजिक दुई वटा शव फेला परेका छन् ।

गैरेस्थित नारायणी नदी किनारमा आन्दाजी २५ र ३५ वर्षका युवाहरुको शव भेटिएको हो । प्रहरीले ती दुई शव पनि शुक्रबार नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरू रहेको अनुमान गरेको छ।

शनिबार दिउँसो करिब साढे २ बजे नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

दुवै शव नदीबाट निकालेर चितवनको भरतपुर अस्पतालमा लगिएको छ । शवको खनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment