Comments Add Comment

Advertisment

SKIP THIS

सिमलताल पहिरो : गैंडाकोटमा मृत भेटिएका दुईजना गणपति र एन्जल्स बसका यात्रु रहेको पुष्टि

३० असार ,काठमाडौ । नवलपुरको गैंडाकोट नगरपालिका-७ गैरीमा शनिबार दिउँसो भेटिएका दुईवटै शवको सनाखत भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार माडी–१ का २२ वर्षीय विकास परियारको शव दाइ विजय परियारले पहिचान गरेका हुन् । विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए ।

सोही स्थानमा भेटिएका दुई मध्ये अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ ।

उनका बुवा रवीन्द्रकुशर माझीले शवको सनाखत गरेका थिए । उनी काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए।

भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा छन्। शुक्रबार बिहान सिमलतालबाट दुईवटा यात्रु बस त्रिशूलीमा खसेका थिए । हराइरहेका दुवै बस र यात्रुको अहिले बिहान आठ बजेदेखि फेरि खोजीकार्य सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment