Comments Add Comment

Advertisment

SKIP THIS

काभा महिला भलिबल : आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

१७ साउन , काठमाडौ । काभा महिला भलिबल लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

नेपाल भलिबल सङ्घको आयोजनामा आज त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल सुरु हुन लागेको हो । आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment