Comments Add Comment

Advertisment

SKIP THIS

वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

८ जेष्ठ , काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वडा प्रहरी कार्यालय विराटनगरको नव-निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधिमैत्री बनाउने, बिपद् व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने र शान्ति सुरक्षा र सु-शासनमा प्रहरीको प्रभावकारी भूमिकाको लागि प्रहरीलाई चाहिने भौतिक पूर्वाधारदेखि विभिन्न प्रकारका सेवा सुविधाहरुका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए ।

साथै उनले हालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताललाई थप स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्दै भवन निर्माण भएसँगै प्रहरीबाट प्रवाह हुने सेवामा थप सहजता र गुणस्तर आउनुका साथै प्रहरीको कार्य क्षमतामा समेत अभिवृद्धि हुने विश्वास ब्यक्त गरे । साथै नवनिर्मित भवनको समुचित व्यवस्थापन गरी समय(समयमा मर्मत संभार तथा रेखदेख हुनुपर्नेमा उनले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत मन्तब्य व्यक्त गरेका उक्त कार्यक्रममा शहरी विकास कार्यालयका ईन्जिनियर रुद्र नारायण मिश्रले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । चार तला र ३४ कोठा भएको उक्त कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालयबाट बिनियोजित ४ करोड ४ लाख ६३ हजार ८ सय ४३ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेशका प्रमुख सचिव डा। दिपक काफ्ले, सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गा प्रसाद ढुङ्गेल, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्ब प्रहरी कर्मचारीहरु, स्थानीय नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment