Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवन उद्‍घाटन

३ असार ,काठमाडौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक बास्तोलाले नयाँ भवन निर्माणका लागि प्रहरीलाई आफ्नो अमूल्य जग्गा प्रदान गर्ने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्ने महानुभावहरुलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक बास्तोलाले गास बास र कपासको उचित ब्यवस्थापनले प्रहरी कर्मचारीमा थप मनोवल बृद्धि हुने उल्लेख गरे । आम नागरिकमा प्रदान हुने प्रहरी सेवा स्तरीय हुने धारणा ब्यक्त गर्दै उनले कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कोशी प्रदेश सरकारबाट बिनियोजित १ करोड ६६ लाख ३८ हजार ५६० रुपैयाँ को लागतमा उक्त प्रहरी चौकीको निर्माण कार्य सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment