Comments Add Comment

Advertisment

SKIP THIS

बझाङबाट झण्डै ५ किलो लागूऔषध बरामद, दीपक र आईते पक्राउ

भाद्र ७ , काठमाडौ । बझाङमा लागूऔषध (चरेश)सहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको बित्थडचिर गाउँपालिकामा शुक्रबार दिउँसो चरेशसहित बुंगल नगरपालिकाका २ का २९ वर्षीय दीपक धामी र सवारी धनी ४५ वर्षीय आईते धामी पक्राउ परेका हुन् ।

प्रहरीको टोलीले जयपृथ्वी राजमार्गको दुधढल्लास्थित एक इन्क्वायरी पोष्टमा बागथला-धनगढी मार्गमा जाँदै गरेको सुपप्र ०१-००१ च ३९३३ नम्बरको जीप चेकजाँच गर्दा ४ किलो ८४५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको हो ।

लागू औषधसहित जीप र दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बझाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै