३१ भाद्र , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताएका छन्।
सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । समितिले संसद्मा प्रतिवेदन प्रस्तुत गरेपछि सभापति लामिछानेले सहकारी ठगीमा आफ्नोमा संलग्नता नरहेको दाबी गरे ।
सभापति लामिछानेले भने,’सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट र पुष्टि भएको छ । गोरखा मिडियामा सञ्चालन हुँदा कमीकमजोरी भएको भए जवाफदेही हुनुपर्छ । दुरुपयोग भएको विषयमा भाग्ने मानिस हामी होइनौं । मूल कुरा सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ ।’
सभापति लामिछानेले स्वेट शेयरमा जतिलता रहेको पनि स्वीकारेका छन् । उनले सहकारी समस्या समाधानमा जानुपर्ने र व्यक्ति केन्द्रित गरेर राजनीतिक रोटी सेक्ने काम नगरौं भनेको पनि बताए।
उनले प्रचलित कानूनविपरीत कुनै कमजोरी भएको भए सजायको भागीदार हुनुपर्ने पनि बताए।