१६ असोज , काठमाडौ । वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलिले चालु आर्थिक वर्षको असोज १४ गते सम्म बिभिन्न मुद्धामा सम्मानित अदालतको फैसला भई फरार रहेका १०६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्धाका ८५ जना, अभद्र व्यवहार मुद्धाका ४ जना, चोरी मुद्धाका ४ जना, लागूऔषध मुद्धाका ६ जना, वन मुद्धाका २ जना, बाल यौन तथा अपहरण मुद्धाका २ जना, हातहतियार मुद्धाका १ जना र घरेलु हिंसा मुद्धाका २ जना रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्ड खटिएको प्रहरी टोलीले हाल फरार अपराधी पक्राउमा सफलता प्राप्त गरिरहेको छ ।